आर्थिक

सुनको मूल्य घट्यो

१५ वैशाख, काठमाडौँ। आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।

आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर रु एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रु तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।