१५ वैशाख, काठमाडौँ। शिक्षाका आन्दोलनलाई समर्थन जनाउनको लागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरू आन्दोलन स्थलमै पुगेका छन्।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २७ दिनदेखि जारी आन्दोलनलाई अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू शिक्षक आन्दोलनको समर्थन गर्न माइतीघर बबरमहल क्षेत्रमै पुगेका हुन्।
हिजोको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो। प्रहरीको लाठी चार्ज र पानीको फोहोरामा परी एक पत्रकार सहित ६२ जना शिक्षकहरू घाइते भएका थिए।