बाग्मती

शिक्षक आन्दोलनप्रति स्वतन्त्र विद्यार्थी युनियनको समर्थन र सरकारलाई गम्भीर चेतावनी

१५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनले शिक्षण संस्थामा गुणस्तर शिक्षा, शैक्षिक सुधार र निःशुल्क शिक्षाको अधिकार कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायलाई चेतावनी दिएको छ।

शिक्षकहरुको जायज माग कुनै दमन बिना नै पुरा गर्न र अन्यथा भए लोकतन्त्र रक्षाका लागि आन्दोलन गर्ने चेतावनी त्रिवि स्ववियु अध्यक्ष दिपकराज जोशीले बिज्ञप्ति जारी गर्दै बताएका छन् ।

शिक्षक आन्दोलनका कारण पठनपाठन अवरुद्ध हुन पुगेको गम्भीर अवस्थामा समेत सरकारले आवश्यक संवेदनशीलता नदेखाएकोप्रति स्ववियुले गम्भीर चिन्ता व्यक्त गरेका छ । विगतका सहमति र प्रतिवद्धताको सम्मान गर्दै आन्दोलनरत शिक्षकहरूसँग तुरुन्त निष्कर्षमुखी संवाद गरी पठनपाठन पुनः सुचारु गर्ने वातावरण बनाउन स्ववियुको माग छ।

बिज्ञप्तिमा स्ववियुले स्पष्ट धारणा राखेका छन् जुन यस प्रकारका छन् :

शिक्षक तथा कर्मचारीका वैध र न्यायपूर्ण मागहरुको सम्मान र सम्बोधन गरियोस् ।
शिक्षकहरूलाई विश्वस्त बनाई शिक्षा ऐन तुरुन्त जारी गर्ने सहमति गरी आन्दोलन शान्तिपूर्ण रूपमा समाधान गरियोस् ।
आन्दोलनमा घाइते भएका शिक्षकहरूको शीघ्घ्र उपचार र सम्मानजनक व्यवहार सुनिश्चित गरियोस् ।

स्ववियुले यदि सरकार र विश्वविद्यालय प्रशासनले समस्या समाधानमा गम्भीरता नदेखाए कडा संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा स्ववियुले राखेका मुख्य मागहरू यस्ता छन् :