१५ वैशाख, काठमाडौँ । शिक्षक महासङ्घको आन्दोलनमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरू विरुद्ध शिक्षकहरूको नाराबाजी गरेपछि सुरक्षाकर्मीको सहयोगमा प्रदर्शन स्थलबाट बाहिरिए छन्।।
आज सोमबार प्रदर्शनस्थल नयाँ बानेश्वरमा पुगेर समर्थन गर्दै गर्दा यहाँ नआउन भन्दै उनीहरू विरुद्ध नाराबाजी भएको हो। सकिन्छ भने शिक्षकहरूले उठाएको माग पुरा गराउन संसद्मा बोल्न आग्रह गर्दै आन्दोलनमा नआउन भनेपछि प्रदर्शन स्थलबाट हिँडेका थिए।
शिक्षकहरू महासङ्घको नेतृत्वमा गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्। हिजोको प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा ६२ जना घाइते भएका थिए। आज पनि हजारौँ शिक्षकहरूको सहभागिता रहेको थियो। शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नछाड्ने महासङ्घको अडान कायमै छ।