राजनीति

प्रचण्डको अस्तित्व राजसंस्थाको देन हो : केशरबहादुर विष्ट

१५ वैशाख, काठमाडौं । राष्ट्रिय शक्ति नेपाल अध्यक्ष केशरबहादुर विष्टले राजा नभएको भए प्रचण्ड नै नहुने बताएका छन्।

भृकुटिमण्डपमा आयोजित सभामा उनले जनयुद्धताका सेनाले प्रचण्डलाई समयमा कारवाही नगरेकाले उनी जोगिएको दाबी गरे।

विष्टले सशस्त्र आन्दोलनका बेला प्रचण्ड हिँडेको एक घण्टापछि मात्रै सेनाले बम आक्रमण गरेको उल्लेख गर्दै ‘राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो । यो ख्याल गर्नू,’ विष्टले चेतावनी दिँदै भने, ‘यिनले जस्तो जहाँ पायो त्यहीँ मान्छे मारेर हिँड्ने राजा होइन ।’

उनले कार्यक्रममा बोल्दै प्रचण्डको अस्तित्व राजसंस्थाको देन भएको दावी गरेका छन् ।