१५ वैशाख, काठमाडौँ । १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको भनी तयार पारिएको पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसदीय उपसमितिले आज संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको छ। उपसमितिका संयोजक रहेका प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङदेनको नेतृत्वको टोलीले आज प्रतिवेदन बुझाएको हो।
लिङदेन नेतृत्वको उपसमितिले प्रतिवेदनमा पोखरा विमानस्थल निर्माण गर्दा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजक राप्रपा अध्यक्ष लिङदेन ,सांसदहरु अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य रहेका थिए।