१५ वैशाख, काठमाडौँ । सहकारी अपचलन पीडितहरूले सोमबार माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गर्दै सरकारप्रति आक्रोश पोखेका छन्।
एउटै शैलीको कालो वस्त्रमा सजिएर उनीहरूले ‘आन्दोलन रहर होइन बाध्यता हो’ जस्ता नारा लेखिएको प्लेकार्डसहित विरोध जनाएका छन् ।
सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी आफूहरूको बचत फिर्ता गराउन माग गर्दै पीडितहरू महिनौंदेखि सडकमा संघर्षरत छन्। तर, सरकार पक्षबाट कुनै ठोस पहल नदेखिएको उनीहरूको गुनासो छ।