१५ वैशाख, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेको हिंसात्मक घटनापछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतलाई रिहा गर्न माग गरेका छन् । आज काठमाडौँको शान्ति वाटिकामा भएको राजावादी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरू निर्दोष रहेकाले तत्काल रिहाइ गर्न माग गरेका हुन्।
उनले तीनकुने घटनालाई हिंसात्मक बनाउनमा सरकार नै लागी परेको आरोप लगाए। सरकारको योजना जनताले बुझिसकेको दाबी गर्दै अध्यक्ष थापाले अबको राजसंस्था स्थापना गर्ने आन्दोलन नयाँ ढङ्गले अघि बढ्ने समेत बताए ।
उक्त कार्यक्रम राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राजावादी सङ्घ संस्थाका व्यक्तिहरूको सहभागिता रहेको छ।