अन्तर्राष्ट्रिय

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

१५ वैशाख, डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति आईसीआरसी का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा युद्धको पुनः सुरुवातसँगै ‘नयाँ नरक’ को थालनी भएको बताएका छन् ।

उनले भने, “गाजा अहिले धेरै समस्याहरूको सामना गर्दै छ । युद्धविरामले मानिसहरूलाई राहत दिएको जस्तो लाग्यो, तर अब स्थिति अझै खराब भएको छ ।”

“यसमा इजरायलका बन्धकहरूको परिवारको दुख र गाजामा ४०० भन्दा बढी सहायताकर्मी र एक हजार स्वास्थ्यकर्मीको मृत्यु पनि छ,” उनले थपे ।

“यो सङ्कट र अमानवीकरण धेरै वर्षसम्म हामीलाई असर गर्नेछ,” क्राहनबुलले भने ।

युद्धविराम जनवरी १९, सन् २०२५ मा लागू भएको थियो, जसले १५ महिना लामो लडाइँलाई रोक्न प्रयास गरेको थियो । तर, मार्च १८, सन् २०२५ मा इजरायलले आफ्नो सैन्य आक्रमण पुनः सुरु ग¥यो ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ५२ हजार २४३ जनाको मृत्यु भएको छ ।