ब्रेकिङ न्युज

ललितपुर पछि पोखरा महानगरले भन्यो: वैशाख १७ गते देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नु 

१५ वैशाख, काठमाडौँ । चैत २० गते देखि विद्यालय शिक्षा ऐनको माग राख्दै भएको शिक्षक आन्दोलनका कारण बन्द भएका पोखरा महानगर भित्रका सामुदायिक विद्यालय खोल्न महानगरको शिक्षा शाखाले पत्राचार गरेको छ। 

महानगर अन्तर्गत रहेको शिक्षा शाखाको हिजो आइतबार बसेको बैठकको निर्णयअनुसार पर्सि १७ गतेबाट सबै सामुदायिक विद्यालय सञ्चालन गरेर पठन पाठन गर्न गराउन शिक्षक,कर्मचारी,विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सबैमा आग्रह गरेको हो। 

महानगरको शिक्षा शाखाको  निर्णय अनुसार वैशाख १७ गतेबाट सबै विद्यालय सञ्चालन गर्न भनेको छ। यस अघि ललितपुर महानगरपालिका लगायतका अन्य पालिकाबाट पनि विद्यालय सञ्चालनको लागी परिपत्र जारी भएका थिए। 

शिक्षक आन्दोलन आज २७ औँ दिनमा जारी छ।  शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै देशैभरका सामुदायिक विद्यालयमा आम हड्ताल गरेर शिक्षक कर्मचारीहरू सडक आन्दोलनमा  छन्।