ब्रेकिङ न्युज

शिक्षक आन्दोलन : सर्वोच्च अदालतको आदेशपछि शिक्षा मन्त्रालयले दियो आधिकारिक जवाफ

१५ बैशाख, काठमाडौँ । काठमाडौँमा पछिल्ला २७ दिनदेखि जारी शिक्षक आन्दोलनका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई आफ्नो आधिकारिक जवाफ पेश गरेको छ।

सर्वोच्च अदालतले बिहीबार शिक्षा मन्त्रालयलाई तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन आदेश दिएको थियो। यसै आदेशको जवाफस्वरूप मन्त्रालयले आइतबार अदालतमा हालसम्म भएका वार्ताका प्रक्रिया, शिक्षासम्बन्धी विधेयक र आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि भइरहेको पहलका विषयमा जानकारी समेटेर जवाफ बुझाएको स्रोतले जनाएको छ।

शिक्षक महासंघ र सरकारले पटक-पटक वार्ता गरे तापनि अझैसम्म ठोस सहमति जुट्न सकेको छैन। आन्दोलनरत शिक्षकहरूले नयाँ शिक्षानीति र प्रस्तावित विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।