शिक्षा

मन्त्रिपरिषद् बैठक : शिक्षकका आन्दोलन वार्ताबाटै समाधान गर्ने निर्णय, शिक्षक आन्दोलन जारी: महासङ्घ

१५ वैशाख, काठमाडौँ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सोमबार राती भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए। त्यसैगरी बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

वार्ता भईरहेको भएपनि शिक्षकको आन्दोलन निरन्तर रहने महासङ्घले बताएको छ ।