सामाजिक सञ्जाल

ज्ञानेन्द्र शाहीको दाबीः डा भट्टराईका कारण नेपाल शान्ती क्षेत्र हुनबाट बञ्चित हुनुपर्यो, देशमा अस्थिरता छायो

१६ बैसाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईका कारण नेपाल शान्ती क्षेत्र बन्न नसकेको दाबी गरेका छन् ।
उनले २०३१ सालमा बिरेन्द्रले शान्ती क्षेत्रका लागि प्रस्तावज गर्दा बिश्वका १३० वटा मुलुकले नेपाललाई शान्ती क्षेत्र मान्न स्वीकार गरेको तर त्यसबेला भारतको विश्वबिद्यालयमा अध्ययनरत डा बाबुराम भट्टराईले नेपाललाई शान्ती क्षेत्र बनाउन प्रस्ताव गर्दा राजा बिरुद्ध कालोझण्डा देखाएका कारण नेपाललाई शान्ती क्षेत्र मान्न नसकिने भन्दै भारत र रसियाले अस्विकार गर्दा नेपाल शान्ती क्षेत्र बन्न नसकेको बताएका छन् ।
शाहीले डा भट्टराईका कारण नेपालमा अस्थिरता छाएको विकास हुन नसकेको जस्ता आरोपहरु सााजिक संजालमार्फत भनेका छन् । उनी पछिल्लो समयमा माओबादी अध्यक्ष पुष्पकल दहाल, डा बाबुरा भट्टराईलगायत माओबादीको नेताहरुका बिरुद्धमा थप कडा अभिब्यक्ती दिन थालेका छन् ।
साँसद शाहीले भनेका छन्, ‘‘बाबुराम भट्टराई केही नेपाली विद्यार्थीहरुलाई लिएर भारत भ्रमणमा रहेका राजा विरुद्ध कालो झण्डा देखाउन आए, बाबुरामले कालो झण्डा देखाएपछि पन्चायतले गरेको जुनै कुरा पनि गलत हो भन्ने मनासाय बोकेका कांग्रेस र कम्युनिस्टले पनि नेपालमा बिरोध गर्न थाले । अन्तिममा भारतले यी नेपालीले नै बिरोध गरिरहेका छन् हामीले कसरी समर्थन गर्ने भन्दै उक्त प्रस्ताव सधैको लागि समाप्त पार्न सफल भयो ।’’

उनको भनाई जस्ताको तस्तैः नेपालमा गनाउने तन्त्र लुटतन्त्रको अन्त्य हुन लागेपछि आफ्ना लुटतन्त्रका मुख्य मालिक लाई भेट्न नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जानुभएको छ।
उहाँ त्यही व्यक्ति हो राजा वीरेन्द्रको शान्ति सम्झौतामा धोका दिने। पटकपटक देशलाई राष्ट्रघात गर्ने विदेशमा लुकेर राजनीतिक रूपमा भड्काउँदै १७ हजार नेपालीको हत्या गर्ने,
२०३१ सालमा राजा बिरेन्द्रले बिश्वसामु नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस भनेर प्रस्ताव राखे । बिश्वको १३० वटा देशले उक्त प्रस्तावलाई स्वीकार गरे तर भारत र रुसले उक्त प्रस्ताव स्वीकार गरेन ! नेपाल कै छिमेकी देश भारतले अस्विकार गरेको उक्त प्रस्ताव के कारणले अस्विकार गरेको हो भनेर संयुक्त राष्ट्रसँघले कारण माग्यो, कारण दिनको लागि भारतले तत्कालीन समयमा जेएनयु पढिरहेका बाबुराम भट्टराईलाई अघि सारेर यो प्रस्ताव विरुद्ध राजाको अगाडी कालो झण्डा देखाउन लगायो ! बाबुराम भट्टराई केही नेपाली विद्यार्थीहरुलाई लिएर भारत भ्रमणमा रहेका राजा विरुद्ध कालो झण्डा देखाउन आए, बाबुरामले कालो झण्डा देखाएपछि पन्चायतले गरेको जुनै कुरा पनि गलत हो भन्ने मनासाय बोकेका कांग्रेस र कम्युनिस्टले पनि नेपालमा बिरोध गर्न थाले । अन्तिममा भारतले यी नेपालीले नै बिरोध गरिरहेका छन् हामीले कसरी समर्थन गर्ने भन्दै उक्त प्रस्ताव सधैको लागि समाप्त पार्न सफल भयो । त्यो बेला राजाको उक्त प्रस्ताव संयुक्त राष्ट्रसंघबाट पारित भएको हुन्थ्यो भने बिश्वको धनाढ्य ब्यक्तिहरुको लगानी गर्ने भुमी बन्थ्यो नेपाल..