समाचार

श्रीमानसँगको विवादपछि एक महिलाले आफ्नै शरीरमा आगो लगाइन् 

१६ वैशाख, काठमाडौँ।  घरायसी झगडाका कारण काठमाडौँको बालाजुमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन्। गए राती श्रीमानसँगको विवादपछि ४५ वर्षीया बिना श्रेष्ठले पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। 

उनको शरीरको २५ प्रतिशत भाग जलेको छ। नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार गराइरहेकी श्रेष्ठको पेट, छाती र वाँया हात जलेको छ।