१६ वैशाख, काठमाडौँ। प्रतिपक्षी दलहरूले संसद् बैठकमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव आजको कार्यसूचीमा नराखिएको जनाएका छन् ।
प्रतिपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षी दलहरूले राखेको प्रस्तावमाथि छलफल गर्न सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका हुन्।
आज बसेको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले शिक्षकका माग पुरा गर्ने सोचमा सरकार नरहेर बुट र पानीको फोहराले दमन गर्नेतर्फ लागेको आरोप लगाए। प्रतिपक्षीदलहरुको तर्फबाट पाण्डेले उक्त प्रस्ताव हिजो दर्ता गराएका थिए।
पाण्डेको प्रस्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर रहेका छन् । सांसद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी र स्वतन्त्र सांसद प्रभु साह प्रस्तावक रहेका थिए।