आर्थिक

तत्काल गभर्नर नियुक्ति गर्न र शिक्षकलाई दुःख नदिई जायज माग पुरा गर्न काँग्रेस सांसद खतिवडाको माग

१६ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले गभर्नर नियुक्ति नभएर मौद्रिक र वित्तीय नीति अनि बजेटलगायतका विषयमा समस्या हुनसक्ने भन्दै तुरुन्त गभर्नर नियुक्त गर्न माग गरेका छन् ।


मङ्गलवारको सँसद बैठकमा बोल्दै शिक्षामन्त्रीले शिक्षकका जायज मागहरू पुरा गर्न ढिला हुन नहुने भन्दै शिक्षकहरूलाई बानेश्वरमा पानीको फोहोरा खाने र सधैँ आन्दोलन गर्ने समूहको रूपमा मात्र राखिरहन नहुने बताए ।


छोटो रूपमा बोल्नै सांसद खतिवडाले शिक्षकका माग पुरा गर्न र गभर्नर नियुक्ति गर्न ढिला गर्न नहुने बताए ।

बिचौलियाका कारण गभर्नर महाप्रसाद खतिवडाको पदावधि सकिएको धेरै भए पनि गभर्नर नियुक्ति हुन सकेको छैन भने शिक्षकहरू विभिन्न माग गर्दै विद्यालयसमेत बन्द गरेर आन्दोलित भएको आज २८ दिन भएको छ ।