बाबुराम आचार्य / शिक्षक महासङ्घद्वारा विभिन्न माग गर्दै आयोजना गरिएको आन्दोलन आज २८ औँ दिन भएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएर नयाँ मन्त्रीकाे रुपमा शपथ लिएका रघुजी पन्तले विभिन्न चरणमा शिक्षकहरूका माग सम्बोधनका विषयमा विभिन्न वार्ता, छलफलहरू गरे पनि शिक्षकहरूको अडानका कारण वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।
आज पनि शिक्षकहरूले सरकारविरुद्धका नाराहरू लगाएर काठमाडौँको नयाँ बानेश्वर केन्द्रित आन्दोलनमा सकृय रहेकै छन् । देशभरका सामुदायिक विद्यालयहरू ठप्पै छन् भने विद्यालयहरू यसरी ठप्प हुँदा कतिपय अभिभावकले आफ्ना सन्तानहरूलाई निजी विद्यालयमा भर्ना गरेका समाचारहरू पनि आईरहेका छन् । शिक्षकका माग सही होलान् आफ्नै ठाउँमा छ तर यसरी शिक्षा जस्तो अत्यन्तै जिम्मेवार क्षेत्रलाई यसरी तहस-नहस गर्दा सरकार अझै शिक्षकलाई भाउ दिएर वाता वार्ता भनिरहेको छ ।
दुर्गा प्रसाईँले राजा चाहियो भनेर तीनकुनेमा आन्दोलन गर्दा एक जना पत्रकारसहित दुई जनाको निधन भयो, दुर्गा प्रसाईँ त्यही मुद्दामा प्रहरी हिरासतमा छन् । यता प्राइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीका आँखा नदेख्ने अवस्था हुँदासम्म सरकारले दोषीमाथि कारबाही अगाडी बढाएको छैन । यदि तीनकुने आन्दोलनमा दुर्गा प्रसाईँलाई दोष दिने हो भने बानेश्वर घटनामा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदी र उनको कार्यसमितिलाई दिनुपर्छ ।
प्रश्न उठिरहेको छ, शिक्षकहरूको आन्दोलन किन ??
१) निःशुल्क शिक्षा हुनुपर्छ भनेर हो ? हैन !
२) सरकारी स्कुललाई गुणस्तरीय बनाउनुपर्छ भनेर हो ? हैन !
३) सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या थोरै भयो भनेर हो ? हैन !
४) सरकारी स्कुलमा राजनीतिकरण गर्नुहुँदैन भनेर हो ? हैन !
५) सरकारी शिक्षकले निजी विद्यालय खोल्न हुन्न भनेर हो ? हैन !
६) शिक्षकले राजनीति गर्नुहुँदैन भनेर हो ? हैन !!
७) स्कुलमा राजनीति पार्टीको कार्यक्रम गर्न पाइँदैन भनेर हो ? हैन !
८) सरकारी स्कुलमा विद्यार्थीभन्दा शिक्षक धेरै भयौँ भनेर हो ? हैन, हैन !!
९) ६० वर्ष उमेर पुगेका शिक्षकले अनिवार्य अवकाश हुनुपर्छ भनेर हो ? त्यो पनि हैन !!!
१०) दुर्गम र विकट ठाउँमा शिक्षक, किताब र शैक्षिक सामग्री समयमा किन पुगेन भनेर हो? हैन !
११) ५२ प्रतिशत फेल र ४८ प्रतिशत पासलाई शत प्रतिशत पास गराउने माग हो त ? होइन ।
१२) सरकारीमा पढाउनेले निजीमा पढाउनुहुन्न भनेर हाे ? हाेइन ।
१३) सरकारी विद्यालयमा पढाउनेले निजी लगानीमा ट्युशन कक्षाहरु सचालन गर्नुहुन्न भनेर हाे ? हाेइन ।
अनि के चैँ हो त ??
आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाएर, सरकारी स्कुलमा तलब थोरै भयो भन्दै सडकमा रमिता देखाउनु ठिक भएन । पढाइ राम्रो भएन भन्दै विद्यार्थीले स्कुल छाड्न मिल्छ भने, मास्टरले पनि तलब थोरै भएमा जागिर छाड्न मिल्छ । शिक्षकले २८ दिनसम्म विद्यालय बन्द गर्दाको तलब पनि दिनुहुन्न, कापी नकाटेको वा अन्य जिम्मेवारी निर्वाह नगरेकोमा कारबाही गर्नुपर्छ भन्ने मागहरू पनि जनतामाझ आइरहेका छन् ।
कुनै पनि कुराको सीमा हुन्छ, शिक्षक आन्दोलनले सीमा नाघिसकेको छ, सरकारले जायज माग छन् भने पुरा गरेर विद्यालय फर्काउने वा बल प्रयोग गरी सबै शिक्षकहरूलाई निष्कासन गरी नयाँ र क्षमतावान् शिक्षक भर्नाको प्रक्रिया सुरु गर्नुपर्छ । राजनीतिक दलहरूले शिक्षकलाई बाहिर भाषणमा आन्दोलनको समर्थन गर्दै ठिक छ भन्ने तर व्यवहारमा माग पुरा नगर्ने अनि यस्ता कार्यले नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसक्ने गुणस्तर नभएको शिक्षाको गुणस्तर अझै घट्नेछ, सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू बाध्यतावश निजी विद्यालयतिर जानेछन्, शिक्षा क्षेत्रको अवस्था झनै बिग्रने छ । यसै भएर अझै वार्तामा नआए महासङ्घका अध्यक्ष सुबेदीलगायतलाई विद्यार्थीलाई पढाउन छाडेर आन्दोलनमा आउने शिक्षकलाई शिक्षकबाट निलम्बन गर्दै सिना कार्कीलगायतको आक्रमणमा मुद्दा चलाउनुपर्छ । सिना कामको सिलसिलामा घाइते हुनुपरेको छ, कति पीडा भयो होला, उहाँलाई अनि दैनिक बाटो बन्द गर्दा नजिकैका व्यापारीले कसरी घर भाडा तिर्ने ? दैनिक यातायात बन्द हुँदा सार्वजनिक यातायात र सर्वसाधारणलाई परेको मार्काको हिसाबको क्षतिपूर्ति कसले दिने ? बालेन शाहले शिक्षक महासङ्घलाई फोहोरको त रसिद काट्लान् तर अन्यको क्षतिपूर्तिको हिसाब कसरी गर्ने ? कसले तिर्ने ? सीधा उत्तर छ सबै क्षतिको क्षतिपूर्ति शिक्षक महासङ्घले तिर्नुपर्छ ।
यस्ता प्रकारका आन्दोलनले बालबालिकाको मस्तिष्कमा कस्तो असर पर्छ ? शिक्षक पनि राजनीतिबाट ओतप्रोत भएका कारण कुनै पनि कुरामा गभीर भएको देखिएनन्, त्यसको अन्तिम विकल्प भनेको राजीनामा दिने शिक्षकले दिन्छन् नदिने शिक्षकहरूलाई सरकारले धमाधम हटाई नयाँ र सक्षम शिक्षक नियुक्ति गर्ने अवसरको रुपासमेत यो २८ दिने आन्दाेलनलाई लिनु उपर्युक्त हुन्छ ।
शिक्षकहरु! अलिकति पनि नैतिकता छ भने, राजनीतिक भाषण बन्द गरी तत्काल विद्यालयमा फर्कनुहोस्