१६ वैशाख, काठमाडौँ। नेपाल शिक्षक महासङ्घ सरकारसँग पुनः वार्तामा बस्नु अघि आन्तरिक छलफलमा जुटेको छ। हिजो अबेर रातिसम्म भएको वार्तामा धेरै विषयवस्तुमा सहमति भए पनि अझै थप विषयमा छलफल गरेर सहमतिमा पुग्नु पर्ने भएकाले आन्तरिक छलफल गरिरहेको हो।
जारी आन्दोलन, सरकारसँगको वार्ता र अब हुने वार्तामा महासङ्घले आफ्नो रणनीति बनाउन छलफल गरिरहेको हो। सरकारसँग थप सहमतिको लागी आजै केही बेरमा वार्ता महासङ्घ र सरकारबिच वार्ता हुने भनिएको छ।
शिक्षा ऐनको माग राख्दै आज २८ औँ दिनसम्म पनि महासङ्घ देशैभरका सामुदायिक विद्यालयमा शैक्षिक हड्ताल गरेर सडक आन्दोलनमा छ।