समाचार

सर्वोच्च अदालतले  काँग्रेस महामन्त्री गगन थापालाई  माग्यो मानहानि मुद्दामा लिखित जवाफ 

६ वैशाख, काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई सर्वोच्च अदालतले लिखित आदेश माग गरेको छ । 

उनले सर्वोच्च अदालतको विषयमा दिएको अभिव्यक्तिले अदालतको मान हानी भएको भन्दै परेको निवेदनमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले किन कारबाही नगर्ने भन्दै लिखित जवाफ दिन भनेको छ।

एक कार्यक्रममा महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीमा अदालतले डिल गरेको भन्ने अभिब्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरुद्धमा मान हानी भएको भन्दै अदालतमा मुद्दा परेको थियो ।