राजनीति

डाँडामा बसेर दुई चार लाख कमाउन सकिने कुरा मेरो ड्रिम हो, त्यो सम्भव छ : गगन थापा 

 १६ वैशाख, काठमाडौँ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर दुई चार लाख कमाउन सकिन्छ भनेको कुरालाई कतिपयले रमाइलोको रूपमा लिएको बताएका छन्।  आज पार्टी कार्यालय सानेपामा भएको एक कार्यक्रममा उनले जुनसुकै डाँडामा बसेर भए पनि कमाउन सम्भव भएको बताएका हुन् । 

उनले आफूले भनेको ती कुरा आफ्नो ड्रिम भएको बताए। हरेक युवाको जातमा स्किल भयो भने देशको जुनसुकै डाँडामा बसे पनि दुई चार लाख कमाउन सम्भव भएको जिकिर गरे। एक कार्यक्रममा आफूले उक्त कुरा  गरेको प्रसङ्ग निकाल्दै महामन्त्री थापाले त्यो कुरा आफ्नो इमाजिनेसन भएको र सम्भव पनि रहेको दोहोर्‍याएका हुन्।

 हरेक व्यक्तिलाई सिप र क्षमता दिने हो भने आफूले भनेका ती कुरा पुरा हुने थापाको भनाइ छ।