ब्रेकिङ न्युज

काँग्रेस महामन्त्री गगन थापालाई विचाराधीन मुद्धामा नबोल्न सर्बोच्चको आदेश

६ बैसाख, काठमाडौं । सर्बोच्च अदालतले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई सर्बोच्च अदालतका विचाराधीन मुद्धामा नबोल्न आदेश दिएको छ ।
उनले सर्बोच्च अदालतको बिषयमा दिएको अभिब्यक्तीले अदालतको मान हानी भएको भन्दै परेको निबेदनमा कामु प्रधानन्यायधीश सपना प्रधान मल्ल र न्यायधीश नित्यानन्दन पाण्डेको इजलासले किन कारबाही नगर्ने भन्दै लिखित जवाफ दिन भनेको छ।
एक कार्यक्रममा महामन्त्री थापाले ५२ जना संबैधानिक पदाधिकारीमा अदालतले डिल गरेको भन्ने अभिब्यत्ती दिएका थिए । उक्त अभिब्यक्तीको बिरुद्धमा मान हानी भएको भन्दै अदालतमा मुद्धा परेको थियो ।
सर्बोच्चले भनेको छ,
‘वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने नेपालको संविधानको धारा १७ (२०) को प्रतिबन्धात्मक वाक्यांश तथा अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पर्ने विषयमा संघीय संसद्को कुनै सदनमा समेत छलफल नगरिने मान्यता संविधानको धारा १०५ ले आत्मसात गरेको सन्दर्भ सहित सर्वोच्चले थापालाई आदेश दिँदै भनेकाे छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नूरनगराउनु ।’