ब्रेकिङ न्युज

 शिक्षा मन्त्रालयमा सरकार र शिक्षकहरूबिच वार्ता सुरु, दुई पक्ष थप जिम्मेवार भएका कारण सहमति हुने सङ्केत

१६ वैशाख, काठमाडौँ । शिक्षा मन्त्री रघुजी पन्त र शिक्षक महासङ्घबिचको वार्ता सिंहदरबारमा शुरु भएको छ । 

मन्त्रीपरिषद्ले शिक्षकका माग पुरा मन्त्रीपरिषद् गरे आन्दोलनको मोडलिटी परिवर्तन गर्ने शिक्षक महासङ्घले निर्णय गरिसकेको छ।

आजको वार्ताले एउटा निष्कर्ष आई समाधानको बाटो आउने अनुमान गरिएको छ । 

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको मोडालिटिलाई टेकेर शिक्षकलाई मनाउन ९ बुँदे ड्राफ्ट मन्त्रालयले तयार गरेको र उक्त ड्राफ्टमा सहमति हुने सम्भावना रहेको बताइएको छ । आज पनि सहमति नभएमा कक्षा १२ को सरेको परिक्षामा पनि असर पर्ने भएकाले दुवै पक्ष गम्भीर भएको देखिन्छ ।