शिक्षा

निजी विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन: १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु 

१७  वैशाख, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगर भित्रका सबै निजी विद्यालयहरूलाई आग्रह गरेको छ।

महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै निजी विद्यालयहरूलाई यस्तो निर्देशन दिएको हो । 

महानगरले शिक्षा ऐन, २०५८ र काठमाडौँ महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति वितरण गर्नु पर्ने कुरालाई स्मरण समेत गराएको छ। 

सम्बन्धित वडा अध्यक्ष तथा उसले तोकेको व्यक्तिको मातहतमा समिति बनाएर छात्रवृत्ति वितरण गर्न सुझाएको हो।