१७ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घ र सरकारबिच आज पनि वार्ता हुने भएको छ। आज दिउसो २ बजे वार्तामा बस्ने समय निर्धारण भएको बुझिएको हो।
केही दिन देखी निरन्तर वार्तामा बसेको महासङ्घ र सरकारले अहिलेसम्म कुनै ठोस निर्णय भने गर्न सकेका छैनन्। आज बस्ने भनिएको वार्ता निर्णायक हुने महासङ्घले जनाएको छ। महासङ्घको तर्फबाट नौ बुँदा पेस भएको बताइएको छ। उक्त बुँदामा आज निर्णायक वार्ता र छलफल हुने बताइएको छ। उक्त बुँदामा सहमति भएका आन्दोलनको मोडिलाटी नै बदल्ने बताउँदै आएको छ।
हिजो भएको वार्तामा सरकारकातर्फबाट अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघु जी पन्त सहभागी थिए। राती अबेरसम्म भएको वार्ता बिना निष्कर्ष सकिएको थियो। तर सरकारका तर्फबाट वार्ताको नेतृत्व गरिरहेका शिक्षामन्त्री पन्तले बने वार्ता सहमति नजिक रहेको बताएका छन्।