आर्थिक

कामना सेवा विकास बैङ्कद्वारा ४० हजार कित्ता संस्थापक शेयरको बिक्री खुल्ला 

१७  वैशाख, काठमाडौँ। आज देखि कामना सेवा विकास बैङ्क लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ। उक्त शेयर सबैले किन्न पाउने गरी खुल्ला गरेको हो। 

 न्यूनतम शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ  रहेको छ। शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख १७ देखि वैशाख २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र मार्फत सबै शेयरको लागी आवेदन  दिनु पर्ने बताइएको छ। 

 कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बोलपत्र पाइने बताएको हो।