समाचार

रेशम चौधरी पक्राउ

१७ वैशाख, काठमाडौं । आज पार्टी एकताको तयारीमा जुटेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई कार्य्रक्रम स्थल प्रज्ञा भवन कमलादी परिसरबाट प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएको बताइएको छ।

उनको पक्राउको कारणबारे अहिलेसम्म केही खुलाइएको छैन।