समाचार

रेशम चौधरी पक्राउ पर्नुको कारण खुल्यो 

१७ वैशाख, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई  सर्वोच्च अदालतको फैसला कार्यान्वयनको लागी पक्राउ गरिएको खुलेको छ। 

२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाए पनि  तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । उनको आममाफीविरुद्ध सर्वोच्चमा परेको रिटमा सर्वोच्चले आममाफी नहुने फैसला गरेपछि चौधरीलाई आज प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्ने तयारी गरेको छ। 

चौधरीलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै नियन्त्रणमा लिएको हो। सो स्थानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकता घोषणा हुने भनिएको थियो। 

सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो । सो घटनामा परी तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । उक्त घटनाको मुख्य योजनकार भन्दै चौधरी विरुद्ध अदालतमा मुद्दा परेको थियो।