समाचार

निर्णायक वार्ताको लागी सिंहदरबार पुग्यो महासङ्घको टोली, होला त सहमति ?

१७ वैशाख, काठमाडौँ । शिक्षक महासङ्घका प्रतिनिधिहरू  सरकारसँग वार्ता गर्न सिंहदरबारमा पुगेका छन् । हिजैको निरन्तरतामा आज पनि वार्ता हुने बताइएको छ। 

आजको वार्तामा कसरी प्रस्तुत हुने भन्नेबारे थप रणनीति बनाउन शिक्षक नेताहरूको छलफल भएको थियो। महासङ्घले आज हुने वार्तालाई निर्णायक भनेको छ। हिजोको वार्ता सकारात्मक भएको शिक्षामन्त्री रघु जी पन्तले बताएका थिए। 

वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । महासङ्घको तर्फबाट पेस गरिएको नौ बुँदामा छलफल हुने भनिएको छ।  महासङ्घको तर्फबाट पेस भएका नौ बुँदामा सहमती भए आन्दोलनको मोडालिटी नै बदल्ने महासङ्घले बताइसकेको छ।