१७ बैशाख, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रक्रिया सम्बन्धी पत्राचारमा संलग्न रहेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, भद्रकालीले विष्टलाई नियन्त्रणमा लिएको हो। सर्वोच्च अदालतका एक अधिकारीका अनुसार, चौधरीसम्बन्धी पत्राचारको अनुसन्धानस्वरूप उनलाई मंगलबार पक्राउ गरिएको हो।