१७ वैशाख, काठमाडौँ । रेशम चौधरीको ‘मुद्दा विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतको एक शाखा अधिकृतबाट शङ्कास्पद हिसाबले पत्र जारी भएको देखिएको भन्दै अर्को पत्र पठाउने तयारी भएको छ । यस अघिको पत्रका आधारमा उनलाई पक्राउ गरी पनि त्यही गलत लेखिएको भनिएको पत्रका आधारमा उनलाई थुनामुक्त गर्ने तयारी भएको हो।
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले शङ्कास्पद हिसाबले पत्र जारी भएको देखिएकाले त्यसमाथि हामी छानबिन गर्ने बताइएको छ।
सोही पत्रका आधारमा प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट चौधरीलाई पक्राउ गरेको थियो।
राष्ट्रपतिबाट भएको कैद मिनाहाको बारेमा परेको रिट विचाराधीन रहेको अवस्थामा उनलाई पक्राउ गर्न पत्र काटिनु गलत भएको र यसबारे छानबिन हुने बताइएको छ।
