१७ वैशाख, काठमाडौँ । अनधिकृत रूपमा काटिएको पत्रले पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्।
उनलाई डिल्लीबजार कारागारबाट बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा लगाइएको हो।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत रूपमा पठाएको पत्रका कारण चौधरी करिब ५ घण्टा थुनामा परेका थिए। अहिले पत्र काट्ने विष्ट प्रहरी नियन्त्रणमा रहेका छन्। विष्टले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालाई पनि बेवास्ता गरेर चौधरीलाई पक्राउ गर्न भनी पत्र काटेपछि अहिले राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको छ।
सर्वोच्च अदालतमा धेरै व्यक्तिहरूको मुद्दा विचाराधीन मुद्दा धेरै छन्