१७ वैशाख, काठमाडौँ । शिक्षक महासङ्घ र सरकारबिच तिन दिन देखि लगातार भएको वार्ताले सार्थकता पाउने भएको छ। आज गर्ने भनिएको निर्णायक वार्ता करिब सहमति नजिक पुगेको बताइएको छ।
शिक्षकका माग सम्बोधनका लागी आजै मन्त्रीपरिषद्को बैठक बोलाइएको छ। महासङ्घको तर्फबाट राखेको नौं बुँदा मन्त्रिपरिषद्बाट सम्बोधन तयारी भएको बुझिएको हो।
आफ्ना नौं वटा बुँदा सम्बोधन भए आन्दोलनको मोडालिटी परिवर्तन गर्ने महासङ्घको भनाइ छ। सोही माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो।