१७ वैशाख, काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन सबै क्रियाशील विद्यार्थी संगठनहरूको सहमति र उच्च अदालत पाटनको आदेशअनुसार सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
निर्वाचनको सट्टा सर्वपक्षीय छलफलपछि सर्वदलीय सहमतिमा स्ववियुका पदाधिकारी तथा सदस्यहरूलाई निर्विरोध रूपमा चयन गरिएको हो।
स्ववियुमा प्रमुख विद्यार्थी संगठनहरू- अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, बैज्ञानिक समाजवादी लगायतका संगठनहरूको प्रतिनिधित्व रहेको छ। स्वतन्त्र विद्यार्थीको समेत प्रतिनिधित्व रहने गरी २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
यि हुन् २१ सदस्यीय कार्यसमिति :
