समाचार

शिक्षकका माग बोकेर मन्त्रिपरिषद् गए मन्त्रीहरू : महासंघ मन्त्रालयमै निर्णयको पर्खाइमा

१७ वैशाख, काठमाडौँ । शिक्षक महासंघले आन्दोलनसम्बन्धी सहमति प्रक्रिया मन्त्रिपरिषदको निर्णयपछि मात्रै अघि बढ्ने जनाएको छ। शिक्षा मन्त्रालयमा भएको छलफलमा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले मन्त्रिपरिषदबाट सहमति ड्राफ्ट पास भएपछि मात्र वार्ता औपचारिक रूपमा अघि बढ्ने बताइन्।

शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक शिक्षकका माग लिएर मन्त्रिपरिषद् बैठकमा सहभागी हुन गएका छन्। मन्त्री पन्त सहमतिको ड्राफ्ट लिएर मन्त्रिपरिषद गएकाले निर्णयपछि मात्र टुंगो लाग्ने महासंघको भनाइ छ।

शिक्षक संगठनका प्रतिनिधिहरू मन्त्रालयमै निर्णयको प्रतीक्षामा छन्।