१७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकार र शिक्षक प्रतिनिधिबीच भएको ९ बुँदे सहमति कार्यान्वयनका विषयमा निर्णय लिने तयारी गरेको छ।
बैठकअघि शिक्षक संगठनहरूसँग विस्तृत छलफल सम्पन्न भएको थियो।
शिक्षक आन्दोलनको समाधानका लागि भएको उक्त छलफललाई मन्त्रिपरिषद्ले औपचारिक रूपमा अनुमोदन गर्ने अपेक्षा गरिएको छ।