राजनीति

नेविसंघ अध्यक्ष शेर्पाले आक्रोशित हुँदै भने: आरआर क्याम्पसमा स्ववियु निर्बाचन बारे कुनै पनि सहमति भएको छैन

१७ वैशाख, काठमाडौँ । आर आर क्याम्पसमा लोकेश खड्काको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन गठन सर्बसम्मतत रुपा भयो भनिएपनि नेपाल विद्यार्थी सङ्घले त्यसको कडा रूपमा विरोध गरेको छ । 

नेपाल विद्यार्थी सङ्घका नेतासमेतलाई सचिवलगायतमा समाहित गरेर २१ सदस्यीय स्ववियु गठन गरिएको विषयलाई नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले कुनै पनि प्रकारको सहमति नभएको स्पष्ट गरेका छन् । 

निर्वाचन अधिकृत महेश भट्टराईले सहमति भएको २१ जनाको नामावली हस्ताक्षर गरी सार्वजनिक भएपछि उक्त विषय विवादमा आएको हो । 

अनेराश्वबियूका तर्फबाट अध्यक्षका उम्मेद्वारसमेत रहेका खड्कालाई विजयी भएको घोषणा गरेपछि नेविसंघ आर आरका नेताहरू सञ्जीव ढकाल, जेम्स राई, गणेशमान शाहलगायतले कडा रूपमा आक्रोशित हुँदै विरोध जनाएका छन् । 

सर्वोच्च अदालतले स्ववियु निर्वाचन गर्न रत्न राज्य लक्ष्मी क्याम्पसलाई निर्देशन दिएपछि आर आर क्याम्पस दबाबमा परे पनि स्वबियु निर्वाचनको मिति अहिलेसम्म घोषणा हुन सकेको छैन । 

नेविसंघ अध्यक्ष शेर्पाले आक्रोशित हुँदै पछिल्लो समयमा नेपाल विद्यार्थी सङ्घले जित्ने देखेर अनेराश्ववियू डराएर विभिन्न हल्लाहरू गरे गरेको भन्दै तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । 

अनेरास्ववियुका खड्काको नेतृत्वमा आरआर क्याम्पसमा गठन भयो २१ सदस्यीय स्ववियु