समाचार

शिक्षकको सुविधामा सरकारको ८ अर्बको थप भार, स्वास्थ्य उपचारमा छुटको व्यवस्था

१७ वैशाख, काठमाडौँ । शिक्षकको माग सम्बोधन गर्न सरकारले करिब ८ अर्ब रुपैयाँ थप खर्च गर्नुपर्ने भएको छ। सरकार र शिक्षक महासंघबीचको सहमतिपछि शिक्षामन्त्री रघुजी पन्तले यो आर्थिक दायित्व पुष्टि गरेका हुन्।

सहमति अनुसार अब शिक्षक तथा शिक्षण कर्मचारीले निजामती अस्पतालहरूबाट स्वास्थ्य उपचारमा छुट सुविधा पाउने भएका छन्।

साथै सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ ।