समाचार

पेस्तोल पड्काउँदै नाच्ने जसपा नेत्री बबी सिंह यादव प्रहरी अनुसन्धानमा 

१८ वैशाख, काठमाडौँ । सामाजिक सञ्जालमा पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालकी  नेत्री डा. बबी सिंह यादवलाई प्रहरी सोधपुछका लागि बोलाएको छ। उनले समूहमा नाचिरहेको अवस्थामा पेस्तोल फायर  गरेको प्रष्ट देख्न सकिन्छ। 

उनको पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बने पछि उनलाई सप्तरी प्रहरीले अनुसन्धानको लागि बोलाएको बुझिएको हो । यादवले एक राउन्ड  फायर गरेपछि उक्त पेस्तोल एक युवाले लागेको भिडियोमा देखिएको छ। 

 यादव जसपा नेपालको उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी भएको बताइएको छ। उक्त भिडियो कहिलेको हो भन्ने अझै खुलेको छैन। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि राजनीतिक पहुँचका आधारमा कानुनले बन्देज गरेका यस्ता कार्य गर्ने यादवमाथि कारबाही हुनु पर्ने भन्दै आक्रोश बढेको छ।