राजनीति

हरेक राजनीतिक अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको छ: सभापति देउवा 

१८ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताएका छन्।  सरकारको आगामी बजेटमै समावेश गर्ने गरी योजना बाएर ल्याउनुपर्ने  धारणा राखेका हुन्। 

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हरेक राजनीतिक अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको बताउदैन श्रमिकलाई अधिकार दिलाउन काँग्रेस सधैँ लडिरहने बताए। 

सभापति देउवाले श्रम ऐन, ट्रेड युनियन लगायतका कानुन नेपाली काँग्रेसकै सरकार भएको बेलामा आएको दाबी गरे। उनले सामाजिक सुरक्षाले श्रमिकको आत्मसम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्छ भन्ने विश्वास रहेको समेत बताएका थिए।