शिक्षा

ऐनबिनै सरकार-महासंघ बिच सहमति : परिषद्ले गर्‍यो महासंघको घोर विरोध

१७ बैशाख, काठमाडौँ । शिक्षक ऐनको माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारले ऐनबिनै सहमति गरेपछि चर्को असन्तुष्टि छाएको छ।

आज एक बिज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले महासंघले गरेको सहमतिप्रति पूर्ण असहमति जनाउँदै घोर भत्सर्ना गरेको छ।

आन्दोलनको २९ औं दिन पछि असार १५ सम्म ऐन जारी गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरिएको हो।

बिज्ञप्तिमा भनिएको छ-

प्रस्तुत विषयका सम्बन्धमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको सडक आन्दोलनको २९ औं दिन प्रश्चात मिति २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको बार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको बिषयमा नेपाल बिद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउदै नेपाल बिद्यालय कर्मचारी परिषदको संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ।
साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने समेत सबैमा जानकारी गर्दछौं।