आर्थिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ७ लाख ३८ हजार पाँच सय शेयर बिक्री खुल्ला 

१८ वैशाख, काठमाडौँ ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ लाख ३८ हजार पाँच सय संस्थापक शेयर बिक्री गर्ने भएको छ।  कम्पनीले आफ्नै शेयर धनीहरूलाई बिक्री गर्न लागेको हो। 

सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा खरिदको लागि आवेदन दिन भनिएको छ।

यदि विद्यमान संस्थापकबाट शेयर खरिदको लागि आवेदन नआएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री खुल्ला  गरिने कम्पनीले बताएको छ।