१८ वैशाख, काठमाडौँ । मोरङको कटहरीमा रहेको जीवन विकाश लघुवित्त वित्तीय संस्थाले ७५ जना कर्मचारी माग गरेको छ। राष्ट्रिय वाणिज्य बैङ्कबाट ‘घ’ वर्गको इजाजत प्राप्त यस संस्थाले सहायक श्रेणीमा कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जना र सहायक प्रशिक्षार्थीमा २५ जना कर्मचारीको माग गरेको हो।
पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा पाँच वर्ष थप हुने बताइएको छ। त्यस्तै शैक्षिक योग्यता प्लस टु वा सोसरह अध्ययन गरेको हुनु पर्ने,साथै आवेदन दिँदा एसएलसी एसइई देखि कै प्रमाणपत्र, नागरिकताको फोटो कपि र पासपोर्ट साइजको फोटो पेस गर्नु पर्ने सूचनामा भनिएको छ।
सहायक प्रशिक्षार्थीको हकमा भने आधारभूत कम्प्युटर तालिम प्राप्त गरेको साथै आवेदन दिँदा अनिवार्य कम्प्युटर तालिमको प्रमाण पत्र पेस गर्नु पर्ने भनिएको छ। परीक्षाको लागी सर्ट लिस्टको नतिजा सार्वजनिक भएपछि खबर गरिने बताइएको छ। आवेदन फाराम वैशाख ३१ गतेसम्म बुझाउन सकिने छ।
