समाचार

सर्लाहीमा पड्काएकी थिइन् बबी सिंह यादवले पेस्तोल, घटनाले लियो अर्कै रूप !

१८ वैशाख, काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा) नेपालकी  नेत्री डा. बबी सिंह यादवले  पेस्तोल पड्काएर नाचेको घटना सर्लाहीको भएको खुलेको छ। प्रहरी उनलाई सोधपुछका लागि बोलाए पछि सो कुरा खुलेको हो। 

उनले पेस्तोल फायर गर्दै नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी अनुसन्धानमा तानिएकी थिइन्। उनलाई अहिले सप्तरी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। प्रहरीले उनले फायर गरेको पेस्तोल बरामद गरेको जनाएको छ भने उक्त पेस्तोल बारुद मात्रै भरेर पड्काउन मिल्ने रहेको बताइएको छ। 

घटना सर्लाहीको खुलेपछि अब थप अनुसन्धान सर्लाही प्रहरीले गर्ने बताइन्छ। 

यादव जसपा नेपालको उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।