शिक्षा

विद्यालय कर्मचारी परिषद्को आन्दोलन यथावत् : जुट्यो आकस्मिक छलफलमा

१८ बैशाख, काठमाडौँ । शिक्षक ऐनको माग गर्दै आन्दोलनरत शिक्षक महासंघले सरकारले ऐनबिनै सहमति गरेपछि चर्को असन्तुष्टि छाएको छ।

आज एक बिज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले महासंघले गरेको सहमतिप्रति पूर्ण असहमति जनाउँदै घोर भत्सर्ना गरेको थियो।

कार्यक्रमपछि कर्मचारी परिषद्का सदस्यहरू तत्काल छलफलमा जुटेका छन्। उनीहरूले आफूहरूका माग समावेश नगरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

सरकार र महासंघ र बिच सहमति भएता पनि आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।