१८ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी फेरी अर्को शान्तिपूर्ण क्रान्तिमा जुट्नु पर्ने बेला आएको बताएका छन्। आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी जनतासँगै भएकाले फेरी सबै जुट्नु पर्ने बताएका हुन्।
तत्काल आफ्नो पार्टी सरकारमा नजाने उनको भनाइ छ।
अध्यक्ष दाहालले अब फेरी एक पटक जुट्नु पर्ने बेला आएको बताए। पुराना कार्यकर्ता,युद्धमा विशेष भूमिका खेलेका जनसेना, घाइते, अपाङ्ग सहिद परिवार, जेलनेल भोगेका सबै माओवादीहरू एक पटक फेरी जुटेर शान्तिपूर्ण क्रान्ति गर्नु पर्ने समय आएको बताएका हुन्।
यदी आफ्नो पार्टीले गरेको शान्तिपूर्ण क्रान्तिलाई सरकारले दमन गर्न खोजे जनताले विद्रोह गर्न सक्ने अध्यक्ष दाहालको चेतावनी छ।