१८ बैशाख, काठमाडौँ । सरकारसँग भएको सहमति उल्लङ्घन भएको भन्दै विद्यालय शिक्षक कर्मचारी परिषद् पुनः आन्दोलनमा जाने तयारीमा जुटेको छ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आज बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हाे।
परिषद्ले सरकार र महासंघबीच भएको पछिल्लो सहमति आफूहरूसँग परामर्शबिना गरिएको भन्दै असन्तुष्टि जनाएको छ।
कार्यक्रमको विस्तृत जानकारी आज साँझ ७ बजे सार्वजनिक गरिने परिषद्ले जनाएको हाे ।