शिक्षा

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने, बोर्डद्वारा भ्रामक सूचनाप्रति सचेत रहन आग्रह

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नै सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ।

बोर्डको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाले भ्रम सिर्जना भएको भन्दै बोर्डले विज्ञप्तिमार्फत सचेत रहन विद्यार्थी, अभिभावक र सरोकारवालाहरूलाई आग्रह गरेको हो।

बोर्डले जारी गरेका बिज्ञप्ति :