समाचार

ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता, प्रचण्ड अनुपस्थित

१८ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ।

छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि बोलाइएको थियो तर उनी सहभागी भएनन्।

प्रचण्ड सचिवालयका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट निम्तो आए पनि उनले छलफलमा भाग लिएका छैनन्।