१९ वैशाख ,काठमाडौँ। सत्तारूढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। भोली वैशाख २० गते सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो।
बैठक दिउसो १ बजे बस्ने बताइएको छ। सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।
साथै आफ्नो दलको तर्फबाट संसद्मा खेल्नु पर्ने भूमिका र समसामयिक विषयमा छलफल हुने बताइएको छ।