समाचार

 १० बजे बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित

१९ वैशाख ,काठमाडौँ। आज संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रम अनुमोदनका लागी बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। आज बिहान १० बजे बस्ने भनिएको बैठक आकस्मिक रूपमा स्थगित भएको हो। 

आजको बैठकले नीति तथा कार्यक्रम अनुमोदन गर्ने बताइएको थियो। 

आज बस्ने सङ्घीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। संसद् बैठक ३ बजे बस्दै छ।